रास्वपालाई पुनः सरकारमा ल्याउने प्रयास, राप्रपा अध्यक्ष भन्छन्– उपयुक्त समयमा सरकारमा आउँछ काठमाडौं, २९ माघ। सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा पुनः ल्याउने प्रयास भइरहेको बताएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार विहान बसेको उच्चस्तरीय संयन्त्रको बैठकमा सो विषयमा छलफल भएको उनले जनाए । ‘रास्वपालाई पुन? सरकारमा ल्याउने विषयमा छलफल भयो, उपयुक्त समयमा आउन सक्छ। केही प्राविधिक समस्या छन्, छलफल भइरहेको छ,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्