सरकार र नेपाल चिकित्सक संघबीच भएको ६ बुँदे सहमतिमा के छ?
काठमाडौं, २९ माघ। नेपाल चिकित्सक संघ र सरकारबीच आज सिंहदरबारमा ६ बुँदै सहमति भएको छ। सहमतिमा शुक्रबार चिकित्सकमाथि कुटपिट भएको घटनाको छानविन एक हप्ताभित्र गरि दोषीलाई कारवाही गर्ने, घाइते चिकित्सको उपचार खर्च सरकारले व्यहोर्ने, विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि,२०७७ परिमार्जन सम्बन्धमा एक हप्ताभित्र सुझाव पेश गर्ने, स्वास्थ्यकर्मी÷स्वास्थ्य संस्थाको सुरक्षा प्रभावकारीरुपमा गर्ने र चिकित्सकले आन्दोलन तत्काल फिर्ता गर्ने उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्