‘जनयुद्ध दिवस’का नाममा सार्वजनिक विदा दिने निर्णयप्रति आपत्ति काठमाडौं, २९ माघ। मानवअधिकार तथा शान्ति समाजले ‘जनयुद्ध दिवस’का नाममा फागुन १गते बाग्मती प्रदेशभर सार्वजनिक विदा दिने निर्णयप्रति आपत्ति जनाएको छ। समाजले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो विवादास्पद निर्णय लोकतन्त्र र अहिंसाका सार्वभौम मान्यताको प्रतिकुल छ।’ वाग्मती प्रदेश सरकार, मन्त्रीपरिषद्को माघ २४ को बैठकले जनयुद्ध दिवसको अवसरमा भन्दै फागुन १गते वाग्मती प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्