राष्ट्रिय एकतामा विग्रह ल्याउन खोज्ने व्यक्ति तथा समूह राष्ट्रिय सुरक्षाका प्रमुख चुनौती
काठमाडौं, २९ माघ। रक्षामन्त्री हरिप्रसाद उप्रेतीले विद्यमान अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा खतरा न्यूनीकरणका लागि नेपाली सेना तयारी अवस्थामा रहनु पर्ने बताएका छन्। जङ्गी अड्डामा आइतबार सुरु भएको पृतनापति समन्वयात्मक बैठकमा उनले उक्त कुरा बताएका हुन्।राष्ट्रिय एकतामा विग्रह ल्याउन खोज्ने, देशलाई अस्थिरताको भुमरीमा धकेली जनतामा डर÷त्रासको वातावरण सृजना गर्ने व्यक्ति÷समूहहरु राष्ट्रिय सुरक्षाका प्रमुख चुनौतीको रुपमा रहेको बताए।
प्रतिक्रिया दिनुहोस्