टर्कीको भूकम्पले प्रधानसेनापति शर्मालाई झस्कायो, भने– राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयलाई स्रोत सम्पन्न बनाउनु पर्यो
काठमाडौं, २९ माघ। प्रधानसेनापति प्रभुराम शर्माले टर्कीमा गएको विनाशकारी भूकम्पबाट उत्पन्न संकटले नेपालको विगतका तीता अनुभवहरुलाई फेरी झक्झक्याएको बताएका छन्। आइतबार पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले विपद् प्रतिकार्यकालाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयलाई स्रोत सम्पन्न बनाउनु पर्ने जनाए। पोखरामा भएको विमान दुर्घटनाले विपद् प्रतिकार्यमा रहेका कतिपय कमिकमजोरी उजागर गरेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्