सरकारले चालु आर्थिक वर्षको बजेट १४ प्रतिशतले घटायो काठमाडौं, २९ माघ। उप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटको आकार १४ प्रतिशतले घटनाएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बजेटको अर्धवार्षिक समिक्षाको सर्वेक्षण प्रतिवेदन पेस गर्दै २ खर्ब ४४ अर्ब(१४ प्रतिशत) रुपैयाँले बजेट घटाएका हुन्। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७खर्ब ९३अर्ब ८३करोड ७३लाख रूपैयाँ बराबरको ल्याएको बजेट उनले समीक्षामार्फत घटाएर १५ खर्ब ४९अर्ब ९९करोड ७७लाखमा झारेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्