चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन २०८० साल वैशाख १० गते हुने काठमाडौं, २९ माघ। निर्वाचन आयोगले चितवन जिल्ला निर्वाचन क्षेत्र नं.२ को उपनिर्वाचन २०८० वैशाख १० गते गर्ने भएको छ। निर्वाचन आयोगको आज बसेको बैठकले उक्त निर्णय गरेको हो। उक्त क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि उपनिर्वाचनको मिति घोषणा गरिएको हो। फागुन १ गतेदेखि चैत १६ गतेसम्म मतदाता नमावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्