सरकारले गर्यो जनयुद्ध दिवसको दिन देशभर सार्वजनिक विदा दिने निर्णय काठमाडौं, २९ माघ। सरकारले जनयुद्ध दिवस (फागुन १ गते)का दिन देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। तत्कालिन नेकपा माओवादी (हालको नेकपा– माओवादी केन्द्र)ले २०५२ फागुन १ गतेबाट सशस्त्र जनयुद्ध सुरु गरेको थियो। सोही दिनलाई माओवादीले जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको छ। माओवादीको १० वर्षे जनयुद्धको समयमा १७हजार नेपालीले ज्यान गुमाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्