२०४७ सालपछिका मात्र होइन, कुनै पनि कालखण्डका भ्रष्टाचारजन्य अपराधलाई बाहिर ल्याउछौंः अर्थमन्त्री पौडेल काठमाडौं, २९ माघ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुनैपनि कालखण्डका भ्रष्टाचारजन्य अपराधहरुलाई बाहिर ल्याउने बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बजेटको अर्धवार्षिक समिक्षा प्रतिवेदन पेस गर्दै उनले सरकार भ्रष्टाचार र सुशासन कायम गर्ने सन्दर्भमा स्पष्टताकासाथ प्रस्तुत भइरहेको बताए। ‘कुनैपनि कालखण्डका, चर्चा हुने गर्छ २०४७ सालपछिका वा मल्टिपार्टी शुरु भएपछिका, त्यस्तो होइन कुनैपनि कालखण्ड र कसैले गरेका भ्रष्टाचारका अपराधहरुलाई बाहिर ल्याउँछौं,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्