नेपाल–भारत परराष्ट्र सचिवस्तरीय द्विपक्षीय वार्ता केहीबेरमा सुरु हुँदै, कनेक्टिभिटी तथा ऊर्जा व्यापारका विषयमा छलफल हुने काठमाडौं, १ फागुन। नेपाल–भारत परराष्ट्र सचिवस्तरीय द्विपक्षीय वार्ता सोमबार विहान ११ बजे काठमाडौंको होटल यात एण्ड यतीमा सुरु हुँदैछ। बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरत राज पौड्याल र भारतको नेतृत्व भारतका विदेश सविच विनय मोहन क्वात्राले गर्दैछन्। वार्तामा कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्