जनयुद्ध दिवसमा प्रधानमन्त्री दाहालले भने– जनयुद्धको जगमा प्राप्त अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति काठमाडौं, १ फागुन। प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धको जगमा प्राप्त अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन्।जनयुद्ध माओवादीले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान,अधिकार, मुक्ति,न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण नेपालीहरूको साझा दिवस भएको दाबी उनले गरेका छन्। जनयुद्ध दिवसको दिन सोमबार एक विज्ञप्ति जारी गर्दै उनले माओवादीको १०वर्षे जनयुद्ध महान् र युगान्तकारी भएको जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्