रास्वपाको संसदीय दल र केन्द्रिय समितिको बैठक बस्दै
काठमाडौं, १ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टीको आज संसदीय दल र केन्द्रिय समितिको बैठक बस्दैछ। बैठक दिउँसो ३बजे पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ। बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी वैशाख १०गते हुने उपनिर्वाचनमा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने टुंगो लगाउनेछ।यसअघि सो क्षेत्रबाट पार्टी सभापति रवि लामिछाने निर्वाचित भएका थिए।नागरिकता विवादमा अदालतले उनको सांसद पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो।
प्रतिक्रिया दिनुहोस्