नेपाल–भारत परराष्ट्र सचिवस्तरीय द्विपक्षीय वार्ता सुरु
काठमाडौं, १ फागुन। नेपाल–भारत परराष्ट्र सचिवस्तरीय द्विपक्षीय वार्ता सुरु भएको छ। वार्ता काठमाडौंको होटल यात एण्ड यतीमा भइरहेको छ। बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरत राज पौड्याल र भारतको नेतृत्व भारतका विदेश सविच विनय मोहन क्वात्राले गर्दैछन्। वार्ताको अजेण्डा कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोग रहेका छन्।
प्रतिक्रिया दिनुहोस्