महत्वपूर्ण लिग भएकाले सुखद् नतिजाका लागि खेल्छौंः कप्तान पौडेल काठमाडौं, १ फागुन। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया, स्कटल्याण्ड र नेपालबीच मंगलवारबाट सुरुहुने त्रिकोणात्मक श्रृंखलामा सुखद् नतिजा निकाल्नेमा आफू ढुक्क रहेको बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता शुरु हुनुपूर्व आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नयाँ प्रशिक्षकसँगको १० दिने अभ्यासले खेलाडीको मनोबल उच्च भएको जनाए। खेल नेपालमा हुँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्