नेपालले पठायो टर्कीका भूकम्प पीडितलाई राहत सामग्री
काठमाडौं, १ फागुन। नेपालले टर्कीका भूकम्प पीडितलाई आज राहत सामाग्री पठाएको छ। भूकम्प पीडितलाई औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्री पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सोमबार २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो लट पठाइएको हो। फेब्रअरी ६ मा टर्कीमा गएको भूकम्पका कारण टर्की र सिरियामा ३४ हजारभन्दा बढीको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्