जनयुद्ध दिवसको नाममा सार्वजनिक बिदा दिएकोमा विरोध प्रदर्शन काठमाडौं, १ फागुन। सरकारले फागुन १ गते जनयुद्ध दिवसको नाममा सार्वजनिक बिदा दिएकोप्रति विरोध प्रदर्शन गरिएको छ। सोमवार सार्वजनिक बिदा दिएकोप्रति काठमाडौं जिल्ला अदालत अगाडी भेला भएर दर्जनौको संख्यामा उपस्थित नागरिक समाज, मानवअधिकारवादी संघसंस्थासँग आवद्ध व्यक्तिहरु र द्वन्द्व पीडितले सरकारको निर्णयको विरोध गरेका हुन्। उनीहरुले जनयुद्ध दिवसमा दिइएको सार्वजनिक बिदा खारेज गर्नुपर्ने र द्वन्द्व पीडितलाई न्याय दिनुपर्ने माग राखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्