आजको बिदाले गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान भयोः उपराष्ट्रपति पुन काठमाडौं, १ फागुन। उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्ध दिवसको नाममा सरकारले बिदा दिएर नेपाली राजनीतिमा जनयुद्धले पु¥याएको उच्चतम योगदानको सम्मान गरेको बताएका छन्। सोमवार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजको बिदाले गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान भएको जनाए। जनयुद्ध दिवसमा सरकारले दिएको बिदाको विरोध गर्नेहरुलाई उनले पूर्वाग्रह नराख्न भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्