जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले दियो ५४० जना सहिदका परिवारलाई एक/एक लाख
काठमाडौं, १ फागुन। जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकारले ५४०जना सहिद परिवारलाई एक लाख रुपौयाँका दरले रकम हस्तान्तरण गरेको छ। सोमवार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले हजारौंको बलिदानपछि संघीयता आएको बताए।‘केही पार्टीका नेताहरु काठमाडौंमा बसेर संघीयता चाहिँदैन भनिरहेका छन्, उहाँहरुलाई यहींबाट खबरदारी गर्न चाहन्छु यो उनीहरुले दिएको भिख होइन,’उनले भने।
प्रतिक्रिया दिनुहोस्