नेपाल–भारत परराष्ट्र सचिवस्तरीय द्विपक्षीय वार्ताः आर्थिक र विकास सहकार्यलाई थप सुदृढ गर्न दुवै पक्ष सहमत काठमाडौं, १ फागुन। नेपाल–भारत परराष्ट्र सचिवस्तरीय द्विपक्षीय वार्ता काठमाडौंको होटल याक एण्ड यतीमा सम्पन्न भएको छ। परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय विदेश सचिव विनय मोहन क्वात्राबीच भएको वार्तामा नेपाल–भारत सहकार्यका व्यापक पक्षको समीक्षा गरिएको थियो। वार्तामा दुई देश, समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहकार्यलाई सुदृढ गर्न दुवै पक्ष सहमत भएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्