भारतीय विदेश सचिवले गरे राष्ट्रपति र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटवार्ता
काठमाडौं, १ फागुन। नेपालको दुई दिने भ्रमणमा रहेका भारतका विदेश सचिव विनय मोहन क्वात्राले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी र परराष्ट्रमन्त्री बिमला राई पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटवार्तामा बृहत नेपाल–भारत सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।सोमबार विहान काठमाडौं आइपुगेका उनले नेपाल–भारत परराष्ट्र सचिवस्तरीय वार्तामा सहभागी भएपछि राष्ट्रपति र परराष्ट्रमन्त्रीसँग भेट गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्