परराष्ट्रमन्त्री पौड्याल र भारतीय विदेश सविच क्वात्राबीच यी सात विषयमा भयो छलफल
काठमाडौं, १ फागुन। परराष्ट्रमन्त्री विमला राई पौड्याल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनय मोहन क्वात्राबीच आज सात विषयमा छलफल भएको छ। परराष्ट्र मन्त्रालयका भएको भेटवार्तामा नेपालको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलका रुट खोल्ने, व्यापार अवरोध, विद्युत उत्पादन/बिक्री बढाउने, विकास सहायता बढाउने, भएका सम्झौता कार्यन्वयन, नेपालमा लगानीको वातावरण बनाउने र जलवायु परिवर्तनका असरका बारेमा छलफल भएको परराष्ट्रमन्त्री पौड्यालले बताइन्।
प्रतिक्रिया दिनुहोस्