जनयुद्ध दिवसमा सरकारले बिदा दिएपछि कांग्रेस महामन्त्री थापाको प्रतिक्रिया– सार्वजनिक बिदाको नाममा यो अराजकता अति भयो
काठमाडौं, १ फागुन। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले जनयुद्धको नाममा दिएको सार्वजनिक बिदाप्रति असन्तुष्टी जनाएका छन्। सार्वजनिक बिदाको नाममा सरकारी अराजकता अति भएको उनले बताएका छन्। ‘सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाब बढाऔँ,अन्यथा सांसदहरू आफैंले कानुन निर्माणको अग्रसरता लिऊँ। यसका लागि नेपाली कांग्रेसले पहलकदमी लिनेछ,’उनले भने।
प्रतिक्रिया दिनुहोस्