विपद्का घटनाबाट १० महिनामा ४३३ जनाको मृत्यु, २ अर्ब २२ करोडभन्दा बढीको आर्थिक क्षति काठमाडौं, १ फागुन। विपद्का घटनाले पछिल्लो १० महिनामा नेपालमा ४३३ जना व्यक्तिको ज्यान लिएको छ। २०७९ वैशाख देखि माघ मसान्तसम्मको अवधिमा उनीहरुको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सो अवधिमा विपद्का घटनाले २ अर्ब २२ करोड ८५ लाख २० हजार १५० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ। विपद्का घटनामा परी ३४ जना वेपत्ता भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्