प्रधानमन्त्री दाहाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता, द्विपक्षीय मुद्दाहरुमा फलदायी छलफल भएको भारतीय दूतावासको दाबी
काठमाडौं, १ फागुन। नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विनय मोहन क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। बालुवाटारमा भएको भेटमा उर्जा, व्यापार, कनेक्टीभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालले जनाएका छन्। भेटवार्तामा आर्थिक तथा विकास सहयोग लगायतका द्विपक्षीय मुद्दाहरुमा फलदायी छलफल भएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्