भारतीय विदेश सचिव काठमाडौंमा हुँदा प्रधानमन्त्री दाहालले कञ्चनपुर पुगरे भने– भारत र चीनको विकासबाट लाभ लिने खोजीमा छौं
काठमाडौं, १ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा आफूहरु रहेको बताएका छन्। भारतीय विदेश सविच विनय मोहन क्वात्रा काठमाडौंमा रहेका बेला उनले कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने दाबी गरे। बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उनले जनाए।
प्रतिक्रिया दिनुहोस्