यातायात मजदुरले सार्वजनिक यातायात बन्द फिर्ता लिए, मजदुरमाथि कुटपिट गर्नेलाई कारबाही गरिने
काठमाडौं, २ फागुन। यातायात मजदुर व्यवसायीले हिँजोदेखि काठमाडौं उपत्यकामा सुरु गरेको सार्वजनिक यातायात बन्द कार्यक्रम फिर्ता लिएको छ। मंगलबार विहान सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भएको वार्तापछि उनीहरुले विरोधको कार्यक्रम फिर्ता लिएका हुन्। यातायात मजदुरमाथि कुटपिट गर्नेलाई कारबाही गर्ने, यातायात सम्बन्धी मुद्दामा सर्वपक्षिय कार्यदलमा छलफल गर्ने र विरोध कार्यक्रम फिर्ता गर्ने सहमति वार्तामा भएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्