संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौं, २ फागुन। संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक अपरान्ह ४ बजे संसद भवनमा बस्नेछ। आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/८०को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनेछन्। दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८/७९ सभा समक्ष पेस गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्