नेपालले ६ महिनामा गर्यो २१ अर्ब ३२ करोडभन्दा बढीको प्रशोधित भटमास, पाम र सनफ्लावर तेल निर्यात काठमाडौं, २ फागुन। नेपालले चालु आर्थिक वर्ष २०७९/८०को ६ महिना(साउन–पुस)मा २१ अर्ब ३२ करोड ५९ लाख ६४ हजार रुपैयाँको प्रशोधित भटमास, पाम र सनफ्लावर तेल विदेश निर्यात गरेको छ। भन्सार विभागका अनुसार ८ अर्बको भटमास, १३ अर्ब ८ करोड रुपैयाँको पाम र २२करोड ७८लाख रुपैयाँको सनफ्लवार तेल नेपालले निर्यात गरेको छ। यो सबै तेल नेपालले भारतमा निर्यात गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्