एमाले अध्यक्ष ओलीलाई ‘सुपरप्रधानमन्त्री’को संज्ञा दिँदै प्रदीप पौडेलले भने– एमालेलाई रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ काठमाडौं, ३ फागुन। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सुपरप्रधानमन्त्रीको संज्ञा दिएका छन्। बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सुपरप्रधानमन्त्री बनेर ओलीले प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरिरहेको आरोप लगाए।‘प्रधानमन्त्रीभन्दा पनि माथि सुपरप्रधानमन्त्री भएर जुन फुर्ति प्रस्तुत गरिएको थियो,आज किन सुस्त छ?किन बालकोट र बालुवाटारको दौड व्यापक बढेको छ। राष्ट्रपति यहाँ चाहिएको होइन,रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्