भारतले अमेरिकासँग ४५ खर्ब रुपैयाँमा २२० वटा विमान खरिद गर्दै नयाँदिल्ली, ३ फागुन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच फोनमा कुराकानी भएको छ। टेलिफोन वार्तामा उनीहरुले एयर इण्डिया र बोइङ कम्पनीबीच भएको सम्झौताको स्वागत गरेका थिए। सम्झौताअनुसार एयर इण्डियाले बोइङसँग २२० वटा विमान खरिद गर्नेछ जसको मुल्य ३४ अर्ब अमेरिकी डलर (४५ खर्ब ७ अर्ब ५० करोड रुपैयाँ) हुनेछ।यो सम्झौताले अमेरिकामा १०लाख रोजगारी सृजना गर्ने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्