हरेक क्षण राष्ट्रको पक्षमा काम गर्न नयाँ शाखा अधिकृतहरुलाई मन्त्री मोदीको निर्देशन
ललितपुर, ३ फागुन। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आफ्नो कार्यसम्पादनको हरेक क्षण राष्ट्रको पक्षमा काम गर्न नयाँ शाखा अधिकृतहरुलाई निर्देशन दिएका छन्। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ३६ औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले भने,‘के गरी हुन्छ छिटो पैसा कमाउने कुरा अहिले फेसन बनेको छ। तपाईहरु आफ्नो प्रतिष्ठा बचाएर राष्ट्रको पक्षमा काम गर्नुस्।’
प्रतिक्रिया दिनुहोस्