सुरक्षा अंगका प्रमुखहरूलाई सिंहदरबार बोलाएर प्रधानमन्त्रीले सोधे– के कारणले गोंगबुमा अप्रिय घटना घट्यो?
काठमाडौं, ३ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको तोडफोड÷लुटपाट घटनाको गम्भीर रूपमा छानविन गर्न निर्देशन दिएका छन्। बुधबार दिउँसो सुरक्षा अंगका प्रमुखलाई सिंहदरबारस्थित आफ्नो कार्यालयमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गर्न,अन्याय परेका सबैले न्याय पाउने गरी कारवाही गर्न निर्देशन दिएका हुन्।‘के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै अनुसन्धान गर्नुस्,’उनले भने।
प्रतिक्रिया दिनुहोस्