लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने कुरामा सरकार गम्भिर
काठमाडौं, ३ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने प्रतिवद्धता जनाएका छन्। बुधबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्रीले उक्त प्रतिवद्धता जनाएका हुन्। ‘राष्ट्रिय मानवअधिकार आयोगलाई बलियो बनाउने मेरो प्रयत्न रहन्छ। यो सरकार मानवअधिकारप्रति संवेदनशील छ। लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने कुरामा म पुरै गम्भीर छु,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्