गोंगबु घटनाका सम्बन्धमा सुरक्षा अंगका प्रमुखहरुको प्रधानमन्त्रीलाई जवाफ– शान्तिसुरक्षाको पूर्वअनुमान गर्न सकिएन
काठमाडौं, ३ फागुन। सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको तोडफोड/लुटपाट घटनाका सम्बन्धमा सुरक्षा अंगका प्रमुखले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ब्रिफिङ गरेका छन्। बुधबार दिउँसो सुरक्षा अंगका प्रमुखहरुलाई सिंहदरबारस्थित आफ्नो कार्यालयमा बोलाएर प्रधानमन्त्रीले घटनाका बारेमा बुझेका थिए। छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले नयाँ बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटना होला भनेर आफूहरूले पूर्वानुमान नगरेको बताएका थिए।
प्रतिक्रिया दिनुहोस्