कांग्रेस नेता चन्द्र भण्डारीलाई थप उपचारको लागि भारत लगिने काठमाडौं, ४ फागुन।गएराती आफ्नै निवासमा ग्याँस सिलिण्डर बिस्फोट हुँदा घाइते भएका कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमालाई थप उपचारको लागि भारत लैजाने तयारी गरिएको छ।कीर्तिपुर अस्पतालमा उपचारत उनीहरुको स्वास्थ्यमा सुधार नआएपछि मुम्बई लैजान लागिएको हो।‘हालको स्रोत/साधनको अवस्थामा उहाँहरुको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ,’कीर्तिपुर अस्पतालले विज्ञप्ति मार्फत भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्