विश्व बैंकका प्रमुखले कार्यकाल पुरा नहुँदै पदबाट दिए राजीनामा
वाशिङ्टन डीसी, ४ फागुन। विश्व बैंकका प्रमुख डेविड माल्पसले आफ्नो कार्यकाल पुरा नहुँदै पदबाट राजीनामा दिएका छन्। डोनाल्ड ट्रम्पको कार्यकालमा विश्व बैंकको प्रमुख भएका डेविडको कार्यकाल २०२४ मेसम्म रहेको थियो। विश्व बैंकको प्रमुख रहँदा उनले कोभिड, रुस–युक्रेन युद्ध,विश्व आर्थिक संकट लगायतका चुनौतीको सामना गरेका थिए।‘धेरै सोचेर म निर्णयमा पुगेको हुँ, अब नयाँ चुनौतीको सामना गर्नुपर्छ,’ ६६ वर्षीय डेविडले भनेका छन्।
प्रतिक्रिया दिनुहोस्