भण्डारीलाई भेट्न कीर्तिपुर अस्पताल पुगे स्वास्थ्यमन्त्री गिरी, भने– थप उपचारको लागि मुम्बईस्थित नेशनल बन्र्स सेन्टरमा पठाउँछौं
काठमाडौं, ४ फागुन। स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले कीर्तिपुर अस्पताल पुगी कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्था बुझेका छन्। गएराति निवासमा ग्याँस सिलिण्डर बिस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए।कीर्तिपुर अस्पतालमा उपचारत उनीहरुलाई भेट्न मन्त्री गिरी विहान अस्पताल पुगेका थिए। उनले थप उपचारको लागि भण्डारीलाई भारतको मुम्बईस्थित नेशनल बन्र्स सेन्टरमा पठाउन लागिएको जनाए।
प्रतिक्रिया दिनुहोस्