पछिल्लो करिव १२ वर्षको अवधिमा आगलागीका घटनामा परी ८८१ जनाले गुमाए ज्यान, २४ अर्बभन्दा बढीको आर्थिक क्षति काठमाडौं, ४ फागुन। पछिल्लो ११ वर्ष १०महिनामा (२०६८–२०७९ फागुन ३गतेसम्म) नेपालमा विभिन्न प्रकारका आगलागीका घटनामा परी ८८१जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार सो अवधिमा भएका २०हजार ५५५वटा आगलागीका घटनाले २४अर्ब १९करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको छ। यसवर्ष २०७९वैशाखदेखि फागुन ३गतेसम्म मात्र आगलागीका घटनामा परी ७९जनाको मृत्यु भइसकेको छ। सो अवधिमा २अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्