राष्ट्र बैंकले २ खर्ब १० अर्बभन्दा बढी सहुलियतपूर्ण कर्जा उठाउन बाँकी
काठमाडौं, ४ फागुन। नेपाल राष्ट्र बैंकले २०७९ पुस मसान्तसम्म २ खर्ब १०अर्ब ४५करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा उठाउन बाँकी रहेको छ। सो अवधिममा १ लाख ४८ हजार ३४२ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ। प्रवाह भएकोमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत १खर्ब ४१अर्ब २१करोड कर्जा बक्यौता रहेको छ। महिला उद्यमशील कर्जाअन्तर्गत ६५अर्ब ८५करोड कर्जा बक्यौता रहेको छ।
प्रतिक्रिया दिनुहोस्