आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानून बनाउनु पर्छः प्रमुख निर्वाचन आयुक्त थपलिया काठमाडौं, ४ फागुन। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्ने बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अन्तिम मतदाता नामावलीमा नाम प्रकाशित भएका मतदाताले अस्थायी बसोवास भएको ठाउँबाट पनि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मतदान गर्न पाउनुपर्ने जनाएका हुन्। यस्तो व्यवस्था गर्न सकेमा मतदान गर्नेको संख्या बढ्ने उनको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्