विदेशस्थित ४० वटा नेपाली नियोगको ६ महिनाको खर्च २ अर्ब ३२ करोडभन्दा बढी काठमाडौं, ४ फागुन। विभिन्न देशमा रहेका ४०वटा नेपाली नियोगहरुले चालु आर्थिक वर्ष २०७९/८० को ६ महिना(साउन–पुस)मा २अर्ब ३२करोड ७०लाख २६हजार ३६रुपैयाँ खर्च गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार ३०दूतावास, ३स्थायी नियोग र ७वटा महाबाणिज्य दूतावासले तलव, भक्ता, घरभाडा, उपचारलगायत विभिन्न शिर्षकमा उक्त खर्च गरेका हुन्। नियोगहरुले चालुतर्फ २अर्ब २६करोड ६९लाख ४३हजार ३६रुपैयाँ र पुँजीगततर्फ ६करोड ८३हजार रुपैयाँ खर्च गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्