सातवटै संवैधानिक आयोगका अध्यक्षहरुले प्रधानमन्त्रीलाई भेटे काठमाडौं, ४ फागुन। सात संवैधानिक आयोगका अध्यक्षहरुले प्रधानमन्त्रीलाई भेटेर आयोगहरुमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न माग गरेका छन्। बिहीवार सिंहदरबारमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग,आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका अध्यक्षहरुले संयुक्त रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरेका हुन्।भेटमा आयोगका अध्यक्षहरुले आ–आफ्नो आयोगमा भएका समस्याहरु प्रधानमन्त्री समक्ष राखेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्