प्रधानमन्त्री दाहालले गरे सांसद चन्द्र भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना, आमाको निधनप्रति दुःख व्यक्त
काठमाडौं, ४ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले ग्याँस सिलिण्डरमा आगोलागी हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता एवं गुल्मी क्षेत्र नं.–१ का सांसद चन्द्र भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। आगोलागी परी दुखद् निधन भएकोमा उनको आमा हरिकला भण्डारीप्रति प्रभानमन्त्रीले भावपूर्ण श्रद्धाञ्जली गर्दै परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदनासहित धैर्यधारणको कामना गरेका छन्।
प्रतिक्रिया दिनुहोस्