नेप्से परिसूचक २१.१५ अंकले गिरावट, चार दिनमा ११२.२२ अंकले घट्यो
काठमाडौं, ४ फागुन। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिकपछि लगातार रुपमा नेप्से परिसूचकमा गिरावट आएको छ। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिकपछि भएको ४कारोबारमा नेप्से परिसूचक ११२.२२अंक घटेको छ।साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २१.१५अंक घटेर २०७०.४१बिन्दुमा झरेको छ।बिहीवार कारोबारमा आएका २६५कम्पनीको ४७लाख ४७हजार कित्ता शेयर १अर्ब ६८करोड ४९लाख ४२हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
प्रतिक्रिया दिनुहोस्