जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं, ५ फागुन। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी ज्ञापनपत्र बुझाएका छन्। शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगी उनले ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा राष्ट्रियता, संघीयता र जनजीविकाका सवालहरू समेटिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा केसीले पछिल्लो अवधिमा बागलुङको गलकोट क्षेत्रमा महिलाहरूका गरगहना लुट्नका लागि ४ जनाको हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।
प्रतिक्रिया दिनुहोस्