चित्रबहादुर केसीलाई प्रधानमन्त्रीको जवाफ– संघीयताबाहेक अन्य सबै मुद्दाहरूमा जनमोर्चासँगै छु काठमाडौं, ५ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन्। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा उनले उक्त कुरा बताएका हुन्। भेटमा प्रधानमन्त्रीले देशमा शान्ति,सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको बताए। प्रधानमन्त्रीले आफ्नो राजनीतिक जीवन राष्ट्रिय,जनतन्त्र र जनजीविकाको पक्षमा नै भएको स्मरण गराउँदै संघीयताबाहेक अन्य सबै मुद्दाहरू आफू जनमोर्चासँगै रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्