भूकम्प गएको दश दिनपछि टर्कीमा तीन जनाको जिवितै उद्धार
अंकारा, ५ फागुन। टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प गएको १० दिनपछि तीन जनाको भग्नावशेषबाट जिवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये दुई जना १८ वर्षभन्दा मूनिका छन्। उद्धार गरिएकामा १७ वर्षीया एलियना ओलमेज, ३० वर्षीय नेस्लिहान किलिक र १२ वर्षीय ओस्मान रहेका छन्। फेब्रअरी ६ मा गएको भूकम्पका कारण टर्की र सिरियामा ४३ हजार ८८५ जनाको मृत्यु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्