स्कटल्याण्डले दियो नेपाललाई २७५ रनको लक्ष्य, सन्दीप लामिछानेले लिए तीन विकेट काठमाडौं, ५ फागुन। आईसीसी विश्वकप क्रिकेट लिग–टु को त्रिदेशीय सिरिज अन्तर्गत आज भइरहेको खेलमा स्कटल्याण्डले नेपाललाई २७५रनको लक्ष्य दिएको छ। निर्धारित ५०ओभरको खेलमा स्कटल्याण्डले ९विकेटको क्षतिमा २७४रन जोडेको थियो। स्कटल्याण्डको लागि सबैभन्दा बढी माइकल लिस्कले १०७ रन जोडेका थिए। खेलमा नेपालका सन्दीप लामिछानेले ३, कुशल मल्लले २ र सोमपाल कामी, कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले १/१विकेट लिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्