बैंक तथा वित्तीय संस्थाहरुले ६ महिनामा गरे २० खर्ब २५ अर्बभन्दा बढीको अन्तर–बैंक कारोबार
काठमाडौं, ५ फागुन। चालु आर्थिक वर्ष २०७९/८० को ६ महिना(साउन–पुस)मा बैंक तथा वित्तीय संस्थाहरुबीच २० खर्ब २५ अर्ब १२ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकबीच १८ खर्ब ४३ अर्ब ८करोड र अन्य वित्तीय संस्थाबीच १खर्ब ८२अर्ब ४करोड रुपैयाँको कारोबार भएको हो। अघिल्लो वर्षको सोही अवधिमा १८खर्ब ३९अर्ब ५४करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस्