राष्ट्रपतिमा माओवादीले सघाए दाहाललाई पूर्ण कार्यकाल प्रधानमन्त्री बन्न दिने कांग्रेसको संकेत काठमाडौं, ५ फागुन। नेपाली कांग्रेसले सत्तारुढ दल नेकपा(माओवादी केन्द्र)ले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा स्वीकार्ने संकेत गरेको छ। कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले उक्त कुरा बताएका हुन्। ‘राष्ट्रिय सहमति बन्नु सबैभन्दा उपयुक्त हुन्छ, बन्न नसके यो संविधानको रक्षाको पक्षधर पार्टीहरु छन् ती एक ठाउँमा उभिएर कांग्रेसको उम्मेदवारलाई विजयी बनाउनु पर्छ,’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्